अध्यक्षको भनाई

सामाजिक विकासमा काम गर्न अग्रसर सामाजिक संस्थाका तमाम सोच र क्षेत्रहरू रहेका हुन्छन । आफूले काम गर्ने समुदायको वास्तविक समस्या पहिचान गरी कार्य गरेमा समुदायको परिवर्तन हुन सक्ने हाम्रो अनुभव रहेको छ ।  आफूले काम गर्ने समुदायको विश्लेषण गरी समुदायको परिवर्तन कति र कहिले सम्म गर्ने भन्ने स्पष्ट रणनीति हुन आवश्यक छ । यस्ता सोचमा परिवर्तन हुन सबै सामाजिक संस्थाको आजको अवश्यकता पनि रहेको छ । जसरी विना सोच र लक्ष्य विना कुनै काम संम्भव हुदैन त्यसैगरी संस्थाको पनि दुरदृष्टी हुनु पर्ने कुरा सबैले महसुस गरी सशक्त रूपमा व्यवहारमा लागू हुनु पर्छ ।

देशको वदलिदो परिस्थिती संगसंगै संस्थागत नीति र परिपाटीलाई समेत समायोजन गर्नु पर्ने हुन्छ । वदलिदो परिस्थिति अनुसार विभिन्न गतीविधिहरु कसरी संचालन गर्ने, कसका लागि कुन प्रक्रियाबाट कार्य संचालन गर्ने सवालमा स्पष्ट रणनीति किटान गर्नु पर्ने हुन्छ ,अनि मात्र संस्थाले आफ्नो उद्देश्य प्राप्त गर्न सक्दछ । यिनै कुरालाई मध्यनजर गरी अगामी दिनमा संस्था कुन दिशामा जाने हो भन्ने कुरा यस रणनैतीक  योजनाले स्पष्ट बाटो कोरिदिएको छ । यो रणनीतिक योजनाबाट संस्थाले आगामी दिनमा गर्ने काम स्पष्ट पारेको छ ।

यहि वास्तविकताको आधारमा हाम्रो संस्थाको भविष्य के हो त भनेर व्यापक छलफलमा सहभागी हुनु भएका संस्थाका कार्यसमिती सदस्य, सधारण सदस्य तथा कर्मचारीहरूप्रति आभार व्यक्त गर्न चाहन्छौ साथै यो रणनीति योजना तर्जुमा प्रक्रियमा सहयोग गर्ने सबै साँझेदार तथा सहयोगी प्रति हामी कृतज्ञ छौ । मलाई आशा छ यो रणनीति योजना संस्थाको कार्य सञ्चालनको मुख्य आधार हुनेछ र यसले जिवन्तता पाउने छ ।  धन्यवाद ।

शेरबहादुर मल्ल, अध्यक्ष